रुकुम पश्चिममा निसास्सिएर एक महिलाको मृत्यु

रुकुम पश्चिममा निसास्सिएर एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

मुसीकोट । रुकुम पश्चिममा धुँवामा निसास्सिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ६ कानेबाङकी ६० वर्षिया पम्फा बोहराको सुतिरहेको बेला धुँवामा निसास्सिएर आज बिहान ९ बजेतिर मृत्यु भएको बताइएको छ ।

कोठाबाट धुँवाको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

छोरा केशरमानले ढोका खोलेर कोठा भित्र हेर्दा  पम्फाको दाहिने हातका सबै औला जलेको र सिरानी जलिरहेको थियो । धुँवाको मुस्लो धेरै भएकोले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए ।

प्रहरी निरीक्षक शर्माका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । मृतक पम्फाको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम भईसकेकोले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको बारे सबैकुरा थाहा हुने प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार