पत्रकारितासँगै कुखुरा पालन व्यवसायमा पत्रकार चेतकुमार

पत्रकारितासँगै कुखुरा पालन व्यवसायमा पत्रकार चेतकुमार

रुकुमकोट । रुकुम पूर्वमा एकजना पत्रकारले आफ्नो पत्रकारिता पेशाका साथै कुखुरा पालन व्यवसायमा हात हाल्नुभएको छ । रुकुम पूर्व स्थित सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा निवासी स्थानीय पत्रकार चेतकुमार विसीले अहिले पत्रकारितासँगै कुखुरा पालन व्यवसाय गर्दै आउनुभएको छ ।

दुई वर्ष पहिले देखि आफ्नै जग्गामा समृद्धि कुखुरा पालन फार्म सञ्चालन गरेर उहाँले राम्रो आम्दानी पनि गर्न सफल हुनुभएको छ । उहाँले आफ्नै जग्गामा विभिन्न प्रजातिका कुखुरा पालन गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाका साधारण सदस्य समेत रहनु भएका विसीले जिल्लाका विभिन्न संचार माध्यममा आवद्ध हुनुहुन्छ । पत्रकार विसीले आफ्नो बचेको समयमा कुखुरा पालन पेशालाई अगाल्नु भएको छ ।

पत्रकारिता मेरो रुचिको क्षेत्र हो कृषि मेरो जिविकोपार्जनको माध्यम हो, विसीले भन्नुभयो,  यहि व्यवसायबाट मैले मासिक करिब ३० हजार रुपैयाँ आम्दानी गरिरहेको छु, पत्रकारिता पनि निरन्तर गरिरहेको छु । सामाजिक काममा लाग्ने जोकोही पनि आत्मनिर्भरको बाटोमा लाग्नुपर्ने उहाँको भनाई छ ।

मुलुकको आर्थिक विकासको प्रमुख क्षेत्र कृषि भएकाले राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । राज्यले किसानहरुलाई विभिन्न राहतका कार्यक्रम, अनुदानका कार्यक्रम र कृषि औजार उपकरण उपलब्ध गराउनुपर्ने बिसीले बताउनुभयो ।

कुखुरा पालन व्यवसायका साथै पत्रकार विसीले सिस्ने गाउँपालिका वाड नं ६ छिप्रिदहमा फ्रेस हाउस पनि सञ्चालन गर्नुभएको छ । आफूले एक जनालाई रोजगारी समेत दिएको बिसीले जानकारी दिनुभयो ।

फ्रेस हाउस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार