रुकुममा विदेशी पर्यटकहरुलाई स्वागत

रुकुममा विदेशी पर्यटकहरुलाई स्वागत

मुसीकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा विदेशी पर्यटकलाई बाजागाजा सहितको सांस्कृतिक झाँकीले स्वागत गरिएको छ ।

रुकुम पश्चिम र पूर्वका पर्यटकीय क्षेत्र तथा ग्रामीण बस्तीको भ्रमणमा आएका ७ जना इटालियन नागरिकलाई मयुर नाँच र पञ्चेबाजा सहितको झाँकिले आइतबार खलङ्गामा स्वागत गरिएको हो।

उद्योग बाणिज्य संघ र नेपाल पर्यटन सूचना केन्द्र रुकुमको समन्वयमा दोस्रोपटक रुकुम पश्चिम र पूर्व भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गरिएको पर्यटनकर्मी गोपाल केसीले बताउनुभयो ।

 

विदेशी पर्यटकहरुले ११ दिनसम्म दुई वटै जिल्लाका ताल तलैया, उच्च हिमाल क्षेत्र तथा ग्रामीण बस्तीको अवलोकन गर्ने भएका छन् ।

यस्तै बाँफिकोटमा रहेको स्यार्पू ताल अबलोकन गर्दै त्यहाँबाट रुकुम पूर्वको कमलताल अन्य विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेपछि पुनः रुकुम पश्चिम पुगेर फर्किने बताएको छ । यसअघि पनि इटालीबाटै आएका पर्यटकलाई जिल्लामा स्वागत गरिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार