सिस्नेमा एक महिने नि:शुल्क ड्राइभिङ तालिम

सिस्नेमा एक महिने नि:शुल्क ड्राइभिङ तालिम

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका लिएर सञ्चालन गरिएको एक महिने ड्राइभिङ तालिम सम्पन्न गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ र ४ का बेरोजगार युवालाई लक्षित गरि रुकुमकोटमा आयोजना गरिएको एक महिने तालिमको आइतबार समापन गरिएको हो ।

गत चैत्रको १ गतेबाट रुकुमकोटमा जीप, कार, ट्याक्सी र एम्बुलेन्स जस्ता साना गाडी चलाउन चाहनेहरुको लागि एक महिने ड्राइभिङ सम्बन्धि सिप विकास तालिमको आयोजना गरिएको थियो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेटले २२ जना युवालाई ड्राइभिङ तालिम प्रदान गरिएको लघुउद्यम विकास सहजकर्ता मदन विसीले जानकारी दिनुभयो ।

तालिममा २२ जना यूवा सहभागि भएको उद्यम विकास सहजकर्ता विसीले बताउनुभयो । उहाँका अनुसार तालिममा सबैभन्दा बढि विदेशबाट फर्किएका र गाउँका बेरोजगार युवाहरुको सहभागीता रहेको थियो ।

गाउँपालिकाको सहयोगमा ठूली भेरी इन्जिनिरिङ एण्ड टेकनिकल ट्रेनिङ बहु सेवा प्रा.ली. शाखा कार्यालय रुकुमकोटले ड्राईभिङ तालिम प्रदान गरेको हो ।

तालिम समापन कार्यक्रममा तालिम लिएका युवाहरुलाई गाउँपालिका अध्यक्ष कुमारी बराल र निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार