सानीभेरीमा हाम्रो जनआधार बलियो छ : सभापति रोका

सानीभेरीमा हाम्रो जनआधार बलियो छ : सभापति रोका

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ का सन्तोष रोका नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाको सभापति हुनुहुन्छ । युवा, सक्रिय र मिलनसार रोकासँग बैशाख ३० गते हुने लागेको स्थानीय तहको चुनावको सेरोफेरोमा उजेली न्यूज डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । सानीभेरीमा नेपाली काँग्रेसको तयारी कस्तो छ ?

धन्यवाद छ । यहाँलाई संघियताको संरचना अनुरुप प्रत्येक पाँच पाँच वर्षमा हुने स्थानीय निकायको महत्वपूर्ण मानिने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले जनताको आवश्यकताको आधारमा “समुन्नत गाउँपालिका सम्मानित गाउँवासी” मुख्य उद्देश्यका साथ उत्साह जनक सहभागिता साथ प्रत्येक वडा टोलमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा रुकुमकै केन्द्र बनाउने कृषिमा आत्मनिर्भर प्रविधि मैत्री पालिका बनाउने हाम्रो दृष्टिकोण र कार्ययोजना सहित नेपाली काँगेस सानीभेरी गाउँपालिका काँग्रेस जिताउ अभियानका साथ घरदैलो अभियानका साथै प्रभावकारी रुपमा सङ्ग्ठनले चुस्त दुरुस्त ढङ्ग्ले हामी लागि राखेका छौ।

देशब्यापी रुपमा कांग्रेसको समस्या समयमै उम्मेदवार घोषण गर्न नसक्नु पनि हो। यसपटक यहाँ पनि यस्तै छ हुने त हैन ?

नेपाली काँग्रेस लोकतन्त्रमा आस्था राख्ने मासवेश पार्टी हो । सवै नेता साथीहरुले इच्छा राख्नु स्वभाविक प्रक्रिया हो । यहाँले भने जसो गत स्थानीय तहको निर्वाचनमा यस्तो समस्या देखियो तर अहिले त्यस्तो हुदैन । यसपटक नेपाली काँग्रेस केन्द्रिय समितिबाट निर्देशित कार्यतालिका बमोजिम निर्धारित समयमै उम्मेदवार टुङ्गो लाग्छ । विगतलाई समिक्षा गरेर वर्तमान सहि बाटो तिर उन्मुख गराउनुपर्छ भन्ने मान्यता राख्ने भएकोले सानीभेरी सर्वसम्मत बाटै उम्मेदवार छनोट गर्ने व्यापक छलफल चलिरहेको छ। अहिले सबै वडाहरुमा पार्टिको तर्फबाट उम्मेदवार उठ्ने बिषयमा सहमति भएको छ केहि दिनमा उम्मेदवारहरुको नाम सार्वजनिक गछौ । त्यसकारण पनि यस्तो प्रकार को समस्या हुने छैन।

सानीभेरीमा बिगतको भन्दा अहिले कांग्रेसको जनाधार बलियो भएको भन्दै आउनु भएको छ। यसको आधार के हो ?

सानीभेरी गाउँपालिकामा विगतको भन्दा अहिले झन नेपाली काँग्रेसको जनआधार बलियो छ । माओवादीको १० वर्षे जनयुद्धको प्रभाव विशेष गरी फरक आस्था राखेकै कारण नेपाली काँग्रेसका नेता धनसिंह खड्काको हत्या गरियो अन्य पार्टी नेता साथीहरुलाई घाइते देखी चरम यातना दिने सम्मका काम भयो र त्यतिबेला स्वभाविक रुपमा नेपाली काँग्रेसको संगठन कमजोर भएको थियो । अहिले विस्तारै माओवादी साथीहरुलाई लोकतान्त्रिक संस्कार सिकाउदै बहुदलिय व्यवस्थाको पद्धतिमा अग्रसंस्था गराएका छौं ।

हामीले गाउँ, वडा कार्यसमिति साथै टोल कार्यसमिति एवं भातृ एवं सुभेच्छुक संस्थालाई क्रियाशिल बनाएका छौँ । पार्टिका सबै साथीहरु चुनावको तयारीमा लाग्नु भएको छ । काँग्रेस पार्टीले भेदभाव आफ्नो र अर्कोको भन्दैन । हामी जन्ताका समस्याहरुलाई बुझेर काम गर्दै सवैलाई समान व्यवहार गर्दछौ त्यस कारण पनि संगठन बलियो छ । सानीभेरीमा हाम्रो जनआधार बलियो छ ।

आम सानीभेरी गाउँवासीले कांग्रेसको उम्मेदवार बिजयी गराउनु पर्ने कारण के छ ?
एकदमै महत्वपूर्ण कुरा उठान गर्नुभयो । नेपाली काँग्रेसलाई विजय गराउनुपर्ने मुख्यतया ३ वटा कारण देखिन्छ ।

क) सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गराउने ।
ख) समाज र जनताको आवश्यकताका परिपूर्ति गर्ने ।
ग) खुसी सुखि गाउँपालिका सम्मानित गाउँवासीलाई सार्थकता तुल्याउने ।

१) सुशासनलाई थोरै व्याख्या गरे । सुशासन एउटा यस्तो व्यवस्था हो । जहाँ कानुन को पूर्ण परिपालना हुन्छ । भष्टाचार रहित समाजको निर्माण हुन्छ । जनमूखी एवं पारदर्शी सरकार हुन्छ । विकासले गति लिएको हुन्छ । दण्डहिनताको अन्त्य हुन्छ र अनुशासनको पूर्ण पालना हुन्छ । त्यसकारण सुशासन कायम हुन्छ । सुशासन कायम गर्ने काँग्रेसको उम्मेदवार विजय गराउनु पर्छ ।

२) समाज र जनताको आवश्यकतामा हामी निति कार्ययोजना कार्यविधि वनाउछौं । तर जुन भूगोल समाजको आवश्यकतालाई मध्यनजर गर्दै गाउँ समाज शिक्षा स्वास्थ्य खानेपानीको बढी आवश्यकता देखिएको हुन्छ आधुनिक कृषिको आवश्यकता देखिएको छ । तर अहिलेको सरकारले त्यो हेरेन खोलिएका विद्यालयहरु बन्द ग¥यो । बाख्रा नभएकालाई अनुदान दियो आफ्ना कार्यकर्ताको पालन पोषण र चरम भ्रष्टाचार गर्नेमा मात्र केन्द्रित रह्यो ।

अर्को महत्वपूर्ण कुरा सानीभेरी गा.पा. मा ११ वटा वडा मध्य हाम्रो नेपाली काँग्रेसले १ वटा मात्र वडामा विजय हासिल ग¥यो । जहाँ हाम्रो पार्टीको जिल्ला कार्य समिति सदस्य तुल्सीराम बुढाथोकी वडा अध्यक्ष हुनुहुन्छ । १ देखि १० वटा वडा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको वडा हुन् । अरु वडाका जनता भन्दा वडा नंं ११ का जनताहरुलाई फरक अनुभूति भएको वताएका छन् । अन्य वडा आस्थाका आधारमा आफुहरुलाई सेवाबाट बञ्चित र भेदभाव पूर्ण वातावरण सृर्जना भएको छ । सानीभेरी गा.पा. वडा नं. ११ का वडाअध्यक्षको सधै प्रशंसा हुने गर्दछ । त्यसै दिन काँग्रेस समाज प्रति उत्तरदायी र जनमूखी हुन्छ । त्यसकारण काँग्रेस उम्मेदवार विजय गराउनु पर्छ । यि माथि उल्लेखित कार्यलाई कार्यन्वयन ल्याउने हो भन्ने मात्र समृद्ध गाउँपालिका बनाउन सकिन्छ ।

केन्द्र र प्रदेशमा कांग्रेस, माओवादी केन्द्र ,नेकपा एस बिच ताल्मेलको सरकार चलिरहेको छ। तपाईको गाउँपालिका गठबन्धनको सम्बन्ध कस्तो छ ?

मैले माथि नै भनिसके हाम्रो गाउँपालिकामा गठबन्धन दल नेकपा माओवादी केन्द्रले हाम्रो पालिकाको नेतृत्व गरेको छ । केही विकासका कुरामा होस या अन्य कामहरु एकलैटी नै गरेको छ । हाम्रो पाटि मात्रै नभएर अन्य पार्टिका साथीहरु सँग छलफल अन्तरक्रिया गर्नुपर्ने तर अहिले त्यस्तो देखिएको छैन । स्थानीय सरकार सफल बनाउन सरकार बाहिर रहेका दलहरुको पनि समन्वय आवश्यक पर्छ तर त्यो यहाँ देखिदैन । अझ झन हाम्रो पार्टि अहिले संघ र प्रदेशमा छ तर यहाँ हामी सँग कुनै समन्वय भएको छैन । हामीलाई त कागलाई बेल पाक्यो हर्ष न विषमात झै भएको छ ।

यसपटक तपाईंको उम्मेदवारी के हो ?

यस पटक नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाको सभापति हुनुको नाताले मेरो उम्मेद्धारी स्वभाविक छ । करिब करिब सहमतिको नजिकमा रहेका छौँ । जे जो भए पनि काँग्रेस जित्ने छ। हामी जित्ने छौ।

अन्तमा, समग्र सानीभेरीवासी जनतालाई के भन्न चाहनुहुन्छ ?

हाम्रालाई हैन, राम्रालाई चिन्ने र छान्ने बेला हो । अवसर सधै आउँदैन, सानीभेरी गाउँपालिकालाई समुन्नत गाउँपालिका बनाउन नेपाली काँग्रेसका उमेदहरुलाई मत दिनुस्, हरपल साथ पाउनुहुनेछ । तेरो मेरो भन्ने ठाउँ दिने छैनौ । तपाईहरुको विवेकको सम्मान र मतको कदर हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार