यसपाली चुनावमा भोटै दिन्न मँ

चुनावी गीत-२०७९

यसपाली चुनावमा भोटै दिन्न मँ

चुनावी गीत-२०७९

जताकतै उम्मेदवार उठ्दैछन्
पार्टीहरु चुनावमा जुट्दैछन्
फेरि पनि आउदैछ निर्वाचन
मेरो आफ्नै स्वतन्त्र पहिचान
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

हत्तपत्त भोट हाली झुक्केर
पाँच बर्ष हैरानी ठोक्केर
जिते भने हक्काउंछन् बेस्सरी
म त भोट हाल्दैन यसपाली
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

कति आए विगतमा उम्मेदवार
जिते गए राखेनन सरोकार
फेरि आए आश्वासन बाँडेर
म त दिक्क विगतमै चेतेर
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

जितेपछि अविर लगाउंदै
सजिएर राक्सिन्छन कस्सिंदै
आँखा तर्छन अन्याय गर्दछन
जताकतै आफन्तै भर्दछन्
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

पार्टीभित्र हुंदैछ अन्तरघात
कोही कोही त हुँदैछन् धुलिसाथ
जेजे हुन्छन् आफै नै हुनेछन्
जित्ने हार्ने आफ्नै भर पर्नेछन्
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

भोट नदिने मेरो हो अधिकार
मन पारउने आआफ्नै सरोकार
तपाई दिनोस तपाई नै जिताउनोस
पाँच बर्षलाई आफ्नो हक सुम्पिनोस
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

कोही भन्ला के भन्छ यो मान्छ
भोट हाल्न सबै नै गइजान्छन
जाने जानोस दिनोस न आफ्नो भोट
मलाई भने लाग्या छ गहिरो चोट
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

लोकतन्त्र सबैको अधिकार
चुनाव उठ्ने आआफ्नै सरोकार
भोट हाल्नोस मन पर्नेहरुले
के के गरे ति जित्नेहरुले
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

आँखा चिम्ली नहालौँ आफ्नो भोट
भविष्यमा भेट्टेला दरो चोट
म त हजुर विगतमै घायल
तिनीहरुलाई देखेरै कायल
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

जनता नै छन् सर्वाधिक शक्तिमा
कोही कुनै नलागौँ भक्तिमा
ध्यान दिउँ के गर्छन हेरौँ है
भोट हाल्दा सोँच विचार गरौँ है
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

मेरो भोट त कसैलाई दिंदैन
अक्ष पक्ष कोहीतिर लाग्दैन
लाग्ने लाग्नोस आआफ्नै मर्जी हो
नबुझेरै भोट दिनु फर्जी हो
आँखा खोलौँ सोँच विचार गरौँ है
भोट दिनेले राम्रो ध्यान पुर्याउँ है
ताँई घि नकनी ताँई
यसपाली चुनावमा
भोटै दिन्न मँ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार