थप ८ जनामा कोरोना संक्रमण पुष्टि

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १९० जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार