चौरजहारीमा कांग्रेस–एमाले गठबन्धन अगाडि

चौरजहारीमा कांग्रेस–एमाले गठबन्धन अगाडि

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

केहीबेर अगाडिसम्म माओवादी केन्द्रले अग्रता लिएकोमा अहिले फेरि कांग्रेस अगाडि देखिएको छ ।

वडा नम्बर १ को ५०३ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २६१ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका पुष्प वादीले २२१ मत पाएका छन् ।

उपप्रमुखका उम्मेदवार बनेका नेकपा एमालेका टंकप्रसाद वलीले २२९ मत पाउँदा माओवादी केन्द्रकी इश्वरी कुमारी शर्मा (विएम) ले २२८ मत पाएकी छन् ।
उक्त वडामा नेपाली काँग्रेसका यदुकुमार आचार्यले २३४ मत पाउदा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर गिरिले २३८ मत प्राप्त गर्नुभएको छ । अहिले पनि मतगणना जारी रहेको छ ।

चौरजहारी नगरपालिकामा १४ वटा वडाहरु छन् । वडा नम्बर १ मा १४४३ मत खसेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार