चौरजहारी ६ मा कांग्रेसका जय प्रकाश बोहोरा विजयी

चौरजहारी ६ मा कांग्रेसका जय प्रकाश बोहोरा विजयी

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । चौरजहारी नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस–एमाले गठबन्धन विजयी भएको हो।

नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर रोकायालाई पराजित गर्दै कांग्रेस–एमाले गठबन्धनका तर्फबाट कांग्रेसका जय प्रकाश बोहोराको प्यानल विजयी हुनुभएको छ ।

अध्यक्षमा बोहोराले ३३५ मत प्राप्त गर्दा माओवादी केन्द्रका रोकायाले ३०७ मत पाउनुभयो ।

यस्तै सदस्यहरुमा भने माओवादी केन्द्रले जीत हात पारेको छ । सदस्यमा कृति बहादुर बिक , धनमाया गहतराज बिक , संरचना महतारा र बोहरा बिरेन्द्र बोहरा विजयी हुनुभयो ।

अहिले सम्म चौरजहारीमा वडा नम्बर १ ,२ ,३ ,४, ५ र ६ को मत गणना सम्पन्न भएको छ। ६ नम्बर वडा बाहेक अरु सबै वडामा माओवादी केन्द्रले जीत हात गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार