मुसीकोट ४ मा फेरि अध्यक्ष बने निर्मलकुमार पुन

मुसीकोट ४ मा फेरि अध्यक्ष बने निर्मलकुमार पुन

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ४ मा फेरि नेकपा माओवादी केन्द्रका निर्मलकुमार पुन विजयी हुनुभएको छ । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका ज्ञानेन्द्र रावललाई पराजित गर्दै माओवादीका पुन विजयी हुनुभएको हो ।

पुनले ४६३ मत ल्याउदा रावलले ४०२ मत पाउनुभयो ।

वडा सदस्यमा २ जना माओवादीका र २ जना नेपाली कांग्रेसका विजयी भएका छन् । माओवादी केन्द्रका कमला सार्की, धनवहादुर चन्द विजयी हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका लिला खड्का र टेकबहादुर पुन विजयी हुनुभएको हो ।

यस्तै नगरपालिकाको वडा १, २ र ३ मा नेपाली काँग्रेसको प्यानलले विजय हाँसिल गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार