रुकुममा अर्थमन्त्री शर्माको वडामा कांग्रेसको प्यानल विजयी

रुकुममा अर्थमन्त्री शर्माको वडामा कांग्रेसको प्यानल विजयी

मुसिकोट । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडा मुसीकोट नगरपालिका-५ रुकुम पश्चिममा नेपाली कांग्रेस–एमाले गठबन्धनको प्यानलले जितेको छ।

नेपाली कांग्रेसका उम्मेदवार समिर जङ मल्ल ५०८ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुसिकोटले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शुसिल गौतमले ४२४ मत प्राप्त गर्नुभएको छ । गौतम २०७४ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सदस्यहरुमा पनि कांग्रेस–एमाले गठबन्धनका ४ जना सदस्य निर्वाचित भएका छन्। सदस्यहरुमा टिका देवकोटाले ४९४, प्रतिभा नेपालीले ४८२, काली बहादुर खत्रीले ४४६ र बमकुमारी ओली केसीले ४३७ मत प्राप्त गर्नुभएको छ ।

यसअघि काँग्रेसले मुसीकोट नगरपालिका १, २, ३ पनि जितेको छ । अहिले सम्म मतगणना भएको ५ वटा वडामध्ये माओवादी केन्द्रले वडा नं. ४ मा मात्रै विजय हासिल गरेको छ ।

५ वडाको मत गणना सकिदासम्म नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले २९८७ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका वसन्त कुमार शर्माले २२७३ मत ल्याउनुभएको छ ।
त्यस्तै उप प्रमुखमा नेकपा एमालेका थल बहादुर ओलीले २५६३ मत ल्याएर अग्रता बनाउदा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले १९४७ मत ल्याएर पछ्याईरहनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार