रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेस विजयी

रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेस विजयी

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन्। नेपाली कांग्रेसका हरिबहादुर पुनले २ हजार ५ सय ४८ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका रोशन कुमार वलीले २ हजार ४ सय ९९ मत ल्याए।

पहिलो निर्वाचितमा अध्यक्ष बनेका माओवादीका बिरबहादुर खत्रीले २ हजार १ सय ५४ मत मात्र ल्याएका छन्। स्वतन्त्रबाट चुनाब लडेका बिप्लवका केन्द्रीय नेता चुणामडी वलीले १ हजार ५ सय ७३ मत ल्याएका छन्।

गंगादेवमा उपप्रमुखमा पनि नेपाली कांग्रेस कै अमृता कुमारी केसीले जितेकी छिन्। उनले २ हजार ९ सय ९ मत पाउँदा एमालेकि निर्मला कुमारी वलीले २ हजार ४ सय ४२ मत ल्याईन्। उपप्रमुखमा समाजवादीका नेपबहादुर डाँगीले तेस्रो स्थान ल्याएका छन्। उनले १ हजार ८ सय ११ मत ल्याए।

सात वडा रहेको यहाँ एमाले र माओवादीले एक एकवटा वडा मात्र जितेका छन्। वडा न। ३ को अध्यक्ष मात्रै जितेको माओवादीले योभन्दा पहिले अत्याधिक बहुमतका साथ गाउँपालिका नै जितेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार