शारदाको मेयर र उपमेयरमा कांग्रेस विजय

शारदाको मेयर र उपमेयरमा कांग्रेस विजय

सल्यानको शारदा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरले विजय भएका छन् । मेयरमा कांग्रेसका जिल्ला सचिवसमेत रहेका प्रकाश भण्डारी १२८० मतान्तरले विजय भएका हुन् । भण्डारीले ६२१७ मत ल्याएर विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मनोज प्रधानले ४९३७ र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३९९४ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा पनि कांग्रेसकी सुस्मिता सापकोटाले ५३८० मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रमेश गौतमले ४५९५ मत ल्याए भने एमालेकी जालना भण्डारीले ४५२२ मत ल्याएकी छन् ।

१५ वडा रहेको शारदा नगरपालिकामा ८ वटा वडा कांग्रेस, ५ एमाले, माओवादी र एकीकृत समाजवादीले एक/एक वडा जितेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार