नगर सभापति ओलीद्वारा नैतिकताको आधारमा राजिनामा

नगर सभापति ओलीद्वारा नैतिकताको आधारमा राजिनामा

नगर सभापति ओली

मुसिकोट । नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति रुकुम पश्चिमका सभापति प्रेमबहादुर ओलीले पदबाट राजिनामा दिनुभएको छ । बिहिबार नेपाली काँग्रेस रुकुम पश्चिमका जिल्ला सभापतिलाई सम्बोधन गर्दै ओलीले पदबाट राजिनामा दिनुभएको छ ।

स्थानीय तह निर्वाचनमा आफ्नै वडामा आफु नै उम्मेदवार हुँदा हार बेहोर्नु परेको भन्दै उहाँले नैतिकताको आधारमा राजिनामा दिनुभएको उल्लेख गर्नुभएको छ ।

राजिनामा पत्रमा उहाँले नेपाली काँग्रेस र नेकपा एमालेको चुनावी गठबन्धन हुँदा पनि गठबन्धनबाटै असहयोग भएको र आफूले निर्वाचनमा हार बेहोर्नु परेको उल्लेख छ ।

आफ्नो पराजयको कारण पार्टीलाई असर परेको भन्दै नगर सभापति पदबाट राजिनामा दिएको ओलीले जनाउनुभयो । उहाँले जनता र पार्टीलाई आफ्नो तर्फबाट सहयोग गर्ने समेत बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार