४० हजार मत गणना हुँदा ९ हजारभन्दा बढी बदर

४० हजार मत गणना हुँदा ९ हजारभन्दा बढी बदर

फाईल फोटो ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा ४० हजार मत गणना हुँदा नौ हजारभन्दा धेरै मत बदर भएको छ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका अनुसार हालसम्म तुलसीपुर उपमहानगरपालिका भित्रका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १० को मत गणना गर्दा ९ हजार ६७२ मत बदर भएको छ। बदर मत अधिकांश गठबन्धन दलका छन्।

बदर मतमध्ये मेयरमा ३ हजार ८९० र उपमेयरमा ५ हजार ७८२ भेटिएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी तुलसीपुर-५ मा ९०६ मत बदर भएको भेटिएको छ। उक्त वडामा ३ हजार ७४१ मत खसेको थियो। ती बदर मत उपमेयर पदका मात्रै रहेको अधिकृत अर्यालले बताए।

त्यस्तै तुलसीपुर-४ मा कुल ४ हजार १७७ मत खसेकामा ८६१ मत बदर पाइएको छ।

तुलसीपुर-१ मा ३९६ र वडा नम्बर २ मा ३६४ मत बदर भएको छ। क्रसु गरेर मतदान गर्न खोज्दा अत्यधिक मत बदर भएको अर्यालले बताए।

तुलसीपुरमा कुल ७४ हजार ३३६ मत खसेको छ। तुलसीपुरमा अब झन्डै ३४ हजार मत गणना हुन बाँकी छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार