मुसिकोटका नगर प्रमुखद्वारा तीन निर्णयमा हस्ताक्षर सहित पदभार ग्रहण

वडा अध्यक्ष तथा सदस्यद्वारा पदभार शपथ

मुसिकोटका नगर प्रमुखद्वारा तीन निर्णयमा हस्ताक्षर सहित पदभार ग्रहण

वडा अध्यक्ष तथा सदस्यद्वारा पदभार शपथ

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार महत्वपूर्ण तीन ओटा निर्णयमा हस्ताक्षर गर्नुहँदै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

अघिल्लो स्थानीय सरकारले मर्ज गरेर बन्द गरेका नगरका केहि विद्यालयहरु तत्कालै सुरु गर्नेगरी पहिलो निर्णयमा केसीले हस्ताक्षर गर्नुभएको छ । दोश्रो निर्णयमा निशुल्क एम्बुलेन्स सेवालाई उल्लेख गरिएको छ । निर्णय अनुसार नगर क्षेत्रभित्रका गरिब तथा विपन्न समुदायका बिरामीहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था आएमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ ।

तेस्रो निर्णयमा दाहसंस्कारको लागि निशुल्क रुपमा नगरपालिकाले दाउरा उपलब्ध गराउने उल्लेख छ । नगरपालिका ३ मा रहेको मुग्लुखोलामा दाहसंस्कारको लागि आवश्यक दाउरा नगरपालिकाको कार्यालयबाटै ब्यबस्था गर्ने निर्णयमा हस्ताक्षर गरेको नगरप्रमुख केसीले बताउनुभयो ।

उहाँले नगरपालिकाको विकास र नगरवासीको समृद्धिका लागी आफु प्रतिवद्ध रहेको समेत उल्लेख गर्नुभयो । उहाँले आफुले पक्ष, विपक्ष र राजनीतिक आस्थाको आधारमा काम नगर्ने स्पष्ट पार्नुहुँदै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न समेत निर्देशन दिनुभएको छ ।

वडा अध्यक्ष तथा सदस्यद्वारा पदभार शपथ

मुसिकोट नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार नगरपालिकाको कार्यालयमा निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुले शपथ लिनुभएको हो ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुले आज नगर प्रमुख महेन्द्र केसीबाट सपथ लिएका हुन् । केहि जनप्रतिनिधिहरु भने आजको शपथ प्रहण कार्यक्रममा सहभागी नभएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार