मुसिकोटमा कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसको अवसरमा प्रभात फेरी

मुसिकोटमा कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसको अवसरमा प्रभात फेरी

क्रान्तिकारी पत्रकार तथा प्रगतिवादी साहित्यकार सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृति दिवसको अवसरमा मुसीकोटमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

शुक्रबार बिहान प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको आयोजनामा खलंगामा प्रभात फेरी भएको हो । कालिका थान बाट सुरु भएको प्रभात फेरी तल्लो बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै पुनः कालिकास्थानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु धुव्रविक्रम बुढाथोकी, मेगराज खड्का र नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले महान सहिद कृष्ण सेन इच्छुकको सम्झनामा श्रदा सुमन व्यक्त गर्दै देश र समग्र नेपाली जनता तथा पत्रकारहरुको परिर्वतनको लागि इच्छुकको ठुलो योगदान रहेको बताएका थिए ।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमका अध्यक्ष हरि गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य कोपिला विएम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य अमरराज पुन, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा, कर्णाली प्रदेश उपाध्यक्ष तुलबहादुर देवकोटा, प्रेस सेन्टर कर्णाली प्रदेश सदस्य धनकुमार शाही तथा जिल्लास्थित क्रियाशिल पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार