प्याजको गानो उत्पादन गर्ने कृषकलाई अनुदानमा कृषि सामग्री दिईने

प्याजको गानो उत्पादन गर्ने कृषकलाई अनुदानमा कृषि सामग्री दिईने

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले प्याज बीउ उत्पादनमा वृद्धि गर्ने उदे्श्यले प्याजको गानो उत्पादन गर्ने कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गर्नेभएको छ ।

मुसिकोट नगरपालिका नगर कृषि विकास शाखाबाट नगरपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्रिहरु वितरण गरिने जनाइएको छ ।

नगर कृषि विकास शाखाका अधिकृत प्रेमबहादुर खत्रीका अनुसार त्रिपाल, सिँचाइको लागि एच.डी.पि. पाइप, डिजिटल तराजु, विषादी घोल्ने २ सय लिटरको प्लाष्टिक ड्रम, स्प्रेयर टंकी ५० प्रतिशतमा अनुदानमा वितरण गरिने छ ।

कृषि सामग्रीका लागि नगरपालिका भित्रका कृषक, कृषि समुह, कृषि फर्म र कृषि सहकारी संस्थाहरुले यहि जेठ २४ गते भित्र निवेदन, नागरिकताको प्रतिलिपी, समुहवा सहकारीको दर्ता प्रमाण–पत्रको प्रतिलिपी सहित कृषि विकास शाखामा निबेदन दिन सकिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार