रुकुम पश्चिममा विपद् व्यवस्थापन र उद्धारको नमुना अभ्यास

रुकुम पश्चिममा विपद् व्यवस्थापन र उद्धारको नमुना अभ्यास

मुसिकोट । रुकुम पश्चिममा विपद् व्यवस्थापन र उद्धारको नमुना अभ्यास गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको नरसिंहदल गण सल्ले व्यारेक परिसरमा विपद् व्यवस्थापन र उद्धारको नमुना अभ्यास गरिएको हो ।

बिहिबार नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा विपद्को समयमा उद्धार, राहत, सहजिकरण लगायतका क्रियाकलापको व्यवहारिक रुपमा नमुना अभ्यास गरिएको थियो ।

विपद् व्यवस्थापन र उद्धारमा संलग्न हुने निकायहरुलाई क्रियाशील बनाई तयारी अवस्थामा राख्ने उदे्श्य नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थपन समितिका अध्यक्ष परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा विपद्को कारण हुने घटनाको उद्दार, राहत तथा उपचार व्यवस्थापनमा विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा नमुना अभ्यास गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, नरसिंह दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म, मुसीकोट नगरपालिका, जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाईटीको संयुक्त व्यवस्थापनमा नमुना अभ्यासको गरिएको थियो ।

नमूना अभ्यासमा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थपन समितिका अध्यक्ष परमानन्द घिमिरे, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतो, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, नेपाल रेडक्रस सोसाईटी रुकुम पश्चिमकी सभापति रमा गौतम, गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार