सानीभेरी ९ का किसानलाई कृषि सामाग्री वितरण

सानीभेरी ९ का किसानलाई कृषि सामाग्री वितरण

किसानलाई कृषि सामग्री हस्तान्तरण गरिँदै ।

मुसिकोट । कृषि उत्पादन बढाउन रुकुम पश्चिमका किसानलाई कृषि सामग्री वितरण गरिएको छ ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ का किसानलाई कृषि सामाग्री उपलब्ध गराइएको छ । ७० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ ।

कृषि विकास कार्यालय रुकुम पश्चिमको १० लाख अनुदान र ३० प्रतिशत किसानको लगानीमा एक पालिका एक उत्पादन कार्यक्रम अन्तर्गत तरकारी पकेट कार्यक्रमबाट कृषि सामाग्री वितरण गरिएको हो ।

सानीभेरी गाउँपालिका कषि विकास शाखा प्रमुख महेन्द्र ओलीका अनुसार वितरण गरिएका कृषि सामाग्रीमा शिल्पोलिन प्लाष्टिक ४५ थान¸ हजारी ४५ थान¸ स्प्रेयर ६ थान रहेका छन् । यसअघि पनि सोहि कार्यक्रम अन्तर्गत किसानहरुलाई तरकारीको बिउ पनि बितरण गरिएको थियो ।

यस्तै एक पालिका एक उत्पादन कार्यक्रम अन्तर्गत अब यस वडाको लागि ४ वटा मिनि ट्रेलर आउन बाँकी रहेको शाखा प्रमुख ओलीले बताउनु भयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार