त्रिभुवन जनता माविको अध्यक्षमा नरेन्द्र केसी चयन

त्रिभुवन जनता माविको अध्यक्षमा नरेन्द्र केसी चयन

मुसिकोट । रुकुम जिल्लाकै जेठो विद्यालयको रुपमा परिचित रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नरेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ ।

आईतबार अभिभावक भेलाले केसीको अध्यक्षमा नयाँ व्यवस्थापन समिति चयन गरेको हो ।

मुुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बिनाराम खड्काका अनुसार विद्यालय व्यस्थापन समितिको सदस्यहरुमा रमेश खड्का, केदार गौतम, आरती बुढा मगर, दिपकराज खड्का, भिमबहादुर खड्का, खेमराज खड्का र ज्ञानुचन्द्र चन्द सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै भेलाले खेमराज खड्काको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । यो विद्यालय २००९ सालमा स्थापना भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार