सातै प्रदेश सरकारले बजेट ल्याउँदै

सातै प्रदेश सरकारले बजेट ल्याउँदै

आज सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ।

यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन्। खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार