कर्णाली प्रदेशमा एकीकृत बस्ती विकासका लागि ४८ करोड

कर्णाली प्रदेशमा एकीकृत बस्ती विकासका लागि ४८ करोड

कर्णाली प्रदेश सरकारले विपन्न समुदायको लागि एकीकृत बस्ती विकास गर्न ४८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै स्थानीय तहसँगको समन्वय र साझेदारीमा एकीकृत बस्ती विकास, जनता आवास र विपन्नको घर कार्यक्रमको लागि ४८ करोड ९५ लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

उनकाअनुसार ती कार्यक्रमबाट कर्णाली प्रदेश भित्रका विपन्न, बादी, गाइने, राउटे, बोटे, राजी, दलित, मुसलमान तथा लोपोन्मुख र अति सीमान्तकृत जाति वा समुदाय एवम् विपन्न वर्ग तथा जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित स्थानमा आवासको व्यवस्था गरिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार