वडाध्यक्ष सुतेकै ठाउँ मृत भेटिए

वडाध्यक्ष सुतेकै ठाउँ मृत भेटिए

जाजरकोट जिल्लाको कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् । वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार