बाटो खन्ने क्रममा ५३७ ऐतिहासिक सिक्का भेटिए

बाटो खन्ने क्रममा ५३७ ऐतिहासिक सिक्का भेटिए

तुलसीपुरमा बाटो खन्ने क्रममा गाडेको अवस्थामा प्राचिन सिक्का फेला परेको छ ।

फेला परेका सिक्का १८औँ शताब्दीका भएकको पत्ता लागेको छ। केही सिक्काहरु वि.सं. १८०६ सम्मका रहेका छन्। यी सिक्का (मुद्राहरु) झन्डै साढे दुई सय वर्षभन्दा पुराना छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा जेसिबीका चालकले गाडेको अवस्थामा एक कसौडी प्राचिन सिक्का फेला पारेका हुन्।

कसौडीमा फेला पारेका ५३७ थान चाँदीका प्राचिन सिक्कामध्ये ७६ वटा भारतीय सिक्का छन्। ती सिक्का ब्रिटिस सरकारको पालाका हुन्।त्यस्तै ४६१ वटा श्री ३ लेखेका सिक्काहरु फेला परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले ५३७ वटा सिक्का फेला परेको जानकारी दिए। जेसिबीका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ मलवारका २५ वर्षीय सुवासचन्द्र चौधरीले खेतमा नयाँ ट्र्याक खन्ने क्रममा कसौडीमा गाडेको अवस्थामा ती सिक्का फेला पारेका हुन्।

फेला परेका सबै प्राचिन मुद्राहरु अपरेटर चालक चौधरीले आफ्नो घरमा लागेर राखेको भए पनि अर्का जेसिबी चालक राजन खड्काले भागबन्डा नमिलेपछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपछि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो।

प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती सिक्काहरु घरमा लगेर धातुको कसौडी भाँडोबाट निकालेर छुट्टै एउटा पोलिथिनमा राखेको अवस्थामा फेला परेको बताए। जेसिबी चालक चौधरीलाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ।

जग्गा धनी भण्डारीले भने फेला परेको गाडेको धन सार्वजनिक काम बाटोमै लगाउनु पर्ने माग गरिन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार