असार मसान्तमा एसईईको नतिजा

असार मसान्तमा एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मासान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले उत्तरपुस्तिका परीक्षणकाे काम ७० प्रतिशत सकिएको बताउँदै नतिजा असार मसान्तमा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

‘कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम पनि भइरहेको छ,’ उनले भने ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार