सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

रुकुमकोट ।  रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले गाउँसभामा पेश गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रम सर्वसम्मत पारित भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले गाउँसभामा पेश गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत पारित भएको हो । गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तै क्रमशः कृषि, स्वास्थ्य, पर्यटन र उद्योगलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ । “आधारभूत शिक्षामा समान पहुँच अनिवार्य, प्रविधिमा आधारित गुणस्तरिय शिक्षा अपरिहार्य” भन्ने नारासहित शिक्षामा विभिन्न कार्यक्रमहरु ल्याइएका छन् । शिक्षामा लगानी बढाउदै जाने र मानव स्रोतलाइ पूजीमा बदल्ने अभियानलाइ यस पालिकाले प्राथमिकतामा राखेको छ ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री, पूर्वाधारयुक्त, गुणस्तरीय र सुशासनयुक्त बनाउनुका साथै वार्षिक शैक्षिक तालिका, परीक्षा प्रणाली, प्रतिवेदन र लेखाङ्कनलाई एकरुपता बनाईनेछ । विद्यालय विमुख तथा बालविवाहबाट पिडित किशोरीहरुका लागि जीवन उपयोगी शिक्षा कार्यक्रम सन्चालन गरीने छ ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई टिनको छानामुक्त गर्ने कार्यको शुरुवात गरिनेछ । प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विधुतको पहुँच नभएका विद्यालयहरुमा सौर्य उर्जाको बैकल्पिक व्यवस्थापन कार्यलाई जोड दिइनेछ ।

विद्यालयहरुको आवश्यक्ता आधारमा तहगत र विषयगत श्रव्य, श्रव्य– दृश्य लगायतका शैक्षिक सामग्रीहरुको व्यवस्थापन गर्दै लगिनेछ । रुक्मिणी पुस्तकालयलाई ई–लाइब्रेरी र वाचानालयसम्म विकास गर्न पूर्वाधार निर्माण गरिने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार