तलब माग्दै रेडियो अगाडि पत्रकारहरुको धर्ना

तलब माग्दै रेडियो अगाडि पत्रकारहरुको धर्ना

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पूर्व पत्रकार तथा कर्मचारीहरुले रेडियोमै धर्ना दिएका छन् । आईतबार उनीहरुले आफूले काम गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै एक घण्टा धर्ना बसेका हुन् ।

त्यस रेडियोमा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरले करिब दुई बर्ष सम्म काम गरेको पारिश्रमिक नपाएपछि आन्दोलनका कार्यक्रम गर्ने क्रममा आज धर्ना बसेका हुन् । उनीहरुले गत सात गते देखि पारिश्रमिक माग गर्दै बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।

रेडियो सञ्चालक समितिले पारिश्रमिक दिने बिषयमा कुनै पनि वास्ता नगरेपछि आज रेडियोमै धर्ना कार्यक्रम गरिएको पत्रकार हिरा परियारले बताउनुभयो ।

उनिहरुको आन्दोलनमा सुरुवात देखि नै नेपाल पत्रकार महासंघ रुकुम पश्चिम ऐम्यबद्धता जनाएको छ । महासंघ सहित जिल्ला स्थित पत्रकारका विभिन्न संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, श्रमजीवि पत्रकार संघ नेपाल र प्रेस सेन्टर नेपालले आन्दोलनमा साथ दिएका छन् । रेडियोमा काम गरेका ६ जना पत्रकारले आफुहरुले करिब १० लाख रुपैंया पाउन बाँकी रहेको बताएका छन् ।

गत बर्ष पत्रकार महासंघ रुकुमको समन्वयमा रेडियो सञ्चालन समिति र पीडित पत्रकारहरु बिच पारिश्रमिक दिलाउन सहमति गरिएको थियो । सहमति अनुसार पाँच रकम भुक्तानी भएतापनि दश लाख रकम नपाएपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार