मृगौला पिडित रोकालाई वडा अध्यक्ष खड्काद्धारा दश हजार सहयोग

मृगौला पिडित रोकालाई वडा अध्यक्ष खड्काद्धारा दश हजार सहयोग

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष खलबहादुर खड्काले एक जना मृगौला पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।

सोमबार वडा अध्यक्ष खड्काले आफुले पाउने सेवा सुविधा मार्फतको रकमबाट सोहि वडाका कालीबहादुर रोकालाई दश हजार रुपैया सहयोग गर्नुभएको हो ।

रोकाको उपचारको लागि थोरै सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । लामो समय देखि रोकाको परिवारले उपचारमा धेरै खर्च लाग्ने भन्दै सहयोगको याचना गरेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दा उहाँले वडामा कमजोर आर्थिक अवस्था भएका वडाबसीलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

कालीबहादुरको अहिले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भईरहेको छ । उहाँको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले कुमारी बैंक लिमिटेडको खातामा सिधै जम्मा गर्न सकिनेछ ।

खातावालाको नामः काली बहादुर रोका

बैंक : कुमारी बैंक लिमिटेड

खाता नम्बर : 0360114266900001

सम्पर्क : 9847949045

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार