मुसिकोटमा अन्तर धार्मिक अभिमुखिकरण कार्यक्रम

मुसिकोटमा अन्तर धार्मिक अभिमुखिकरण कार्यक्रम

मुसिकोट । सामाजिक सद्भाव कायम गर्न अन्तर धार्मिक अभिमुखिकरण कार्यक्रम मुसिकोटमा सम्पन्न भएको छ । धार्मिक गुरु, धार्मिक अगुवा, जेष्ठ नागरिक, नागरिक समाजका प्रतिनिधीहरु, युवा समुहका पदाधिकारीहरुको सहभागितामा ३ दिन सम्म संचालन भएको कार्यक्रममा पहिलो दिन मानव अधिकार तथा सामाजिक विभेद दोस्रो दिन शान्ति निर्माण तथा मेलमिलाप र तेस्रो दिन धार्मिक अगुवाहरुका लागि सामाजिक सद्भाव, स्वः अस्तित्व तथा नेपालको कानुनमा धार्मिक स्वतन्त्रता लगायतका सम्वन्धमा अभिमुखिकरण गरिएको आयोजक संस्था रुपान्तरण नेपाल रुकुमले जनाएको छ ।

मानव अधिकार, सामाजिक विभेद, कानुनी ब्यबस्थाहरु, धार्मिक असल अभ्यासहरुले शान्ति स्थापनामा खेल्ने भुमिकाहरु, धार्मिक सद्भाव, मेलमिलाप तथा सामाजिक विकासमा अन्तर धार्मिक सहकार्य लगायतका विषयमा अभिमुखिकरण गरिएको थियो । आई.पि.एफ.एन.को सहकार्यमा रुपान्तरण नेपालको आयोजना र करियर डेप्लोमेन्ड एण्ड रिसर्च सेन्टरको सहजिकरणमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा अधिवक्ता रचना मल्ल, अधिवक्ता दिनेश खड्का, गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायण कुमार शाह, करियर डेप्लोमेन्ड सेन्टरका प्रमुख टेक बहादुर कुसारी, रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शर्मा लगायतले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रमले मिन बहादुर पुनको संयोजनमा अन्तर धार्मिक समन्वय समिति गठन समेत गरिएको छ । आईतवार सुरु भएको कार्यक्रम मंगलबार मुसिकोट खंलगामा सम्पन्न भएको छ । कार्यक्रमको समापन गदै संयोजक मीन वहादुर पुनले पहिलो पटक धार्मिक अभिमुखिकरण कार्यक्रम संचालन गरिएको र यसले सामाजिक विकास र सामाजिक सद्भावमा महत्वपूर्ण भुमिका रहने बताउनर भयो । आगामी दिनमा जिल्लाको दिगो विकासमा यस्ता कार्यक्रम संचालन गरिनुपर्ने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा सहभागिको तर्फवाट पूर्व शिक्षक एबं हिन्दु धर्मका प्रतिनिधी नारायण प्रसाद शर्माले सबै धर्मको लक्ष्य सामाजिक विकास र मानव कल्याण नै भएकाले सबै धार्मिक ब्यक्तित्वहरु मिलेर सामाजिक सद्भाव कायम गर्नु पर्ने वताउनु भयो । कार्यक्रमका इसाई धर्मका अगुवा तेजेन्द्र खामले नेपालको कानुनमा धार्मिक विषयमा स्पष्ट कुरा उल्लेख नभएकोले यसको सुधार गरि धार्मिक विषयहरु स्पष्ट हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले धार्मिक स्वतन्त्रत राज्यका लागि संविधान संशोधन हुनुपर्ने बताउनु भयोे । अन्तर धार्मिक मञ्चका निर्देशक विमला श्रेष्ठले नेपालमा धार्मिक सद्भाव कायम गर्न अन्तर धार्मिक मञ्चले विभिन्न कार्यक्रम संचालन गदै आएको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर संचालन हुने बताउनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्थाका अध्यक्ष तथा सहजकर्ता नारायण कुमार शाहले सकारात्मक सोचका साथ धार्मिक गतिविधीहरु संचालन गर्दा सामाजिक विकास हुने भएकाले सबैले सामाजिक विकासका लागि सकारात्मक सोचका साथ सबै धर्मका अगुवाहरु लाग्नुपर्ने आवश्यक भएको बताउनु भयो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शर्माले जिल्लाको विकास र सामाजिक सद्भाव कायम गरि शान्ति निर्माणका लागि थप कार्यक्रम संचालन गरिने बताउनु भयो । सक्रिय सहभागिताका साथ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गदै उहाँले निरन्तर सहकार्य गर्ने बताउनु भयो । करियर डेप्लोमेन्ट एण्ड रिसर्च सेन्टरका प्रमुख टेक बहादुर कुसारीले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार