पहिरोले मुसिकोट ५ को एक बस्ती नै जोखिममा

पहिरोले मुसिकोट ५ को एक बस्ती नै जोखिममा

मुसिकोट । रुकुम पश्चिममको मुसिकोट नगरपालिका वडा नम्बर ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो । सोमबार बेलुका देखि परेको अबिरल वर्षाका कारण पहिरो झरेकोले बस्ती जोखिममा परेको हो ।

पहिरोले बस्ती जोखिममा परेको खबर प्राप्त पछि नगर प्रमुख महेन्द्र केसी, वडा नम्बर ५ का वडा अध्यक्ष समिरजंग मल्ल, नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र रुकुम ९पश्चिम०का प्रमुख त्रिलोचन भट्ट, सुरक्षाकर्मी लगायतकोे टोली उक्त बस्तीमा अनुगमन तथा निरिक्षणको लागी पुगेको थियो ।

पहिरोको कारण डाङडुङ्गे बस्तीका ४ घरपरिवार अति जोखिममा परेको र १४ घरपरिवार पनि जोखिममा नै परेको मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले जानकारी दिुनभयो । यस्तै नगरप्रमुख केसीले सहितको टोली उक्त बस्तीलाई तत्काल स्थान्तरण गर्न सुझाव दिएको पनि बताइएको छ । उक्त पहिरोको कारण बत्ति र बाटो समेत अवरुद्ध भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार