सानीभेरीमा आँप र लिचिका बिरुवा बितरण

सानीभेरीमा आँप र लिचिका बिरुवा बितरण

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाभित्रका विभिन्न वडाहरुमा आँप र लिचिका बिरुवा बितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुम पश्चिमको सहयोगमा ८५ प्रतिशत अनुदानमा गाउँपालिका भित्रका विभिन्न वडाहरुमा आँप र लिचिका बिरुवा बितरण गरिएको हो ।

कृषि विकास कार्यालय रुकुम पश्चिमको बर्षे फलफुल बिरुवा वितरण कार्यक्रम अनुसार भेरी नदी करिडोर अन्तर्गत गाउँपालिकाभरी जम्मा ३३ सय ८५ आँप र ९४७ लिचिका बिरुवा बितरण गरिएको कृषि बिकास कार्यालय कृषि नायब प्राबिधिक सहायक बिनोद बिष्टले जानकारी दिनुभयो ।

कार्यालयले गाउँपालिका वडा नम्बर १ को लागि २४० आँप र २३५ लिचि, वडा नम्बर २ मा ५६२ आँप र ९७ लिचि, वडा नम्बर ३ का लागि १४ सय आँप र ३४७ लिचिका विरुवा वितरण गरिएको कृषि नायब प्राबिधिक सहायक बिष्टले बताउनुभयो ।

त्यस्तै वडा नम्बर ४ का लागि २१० आँप र ११७ लिचि, वडा नम्बर ५४८ आँप र ५३ लिचि, वडा नम्बर ९ का लागि ४२५ आँप र ९८ लिचिका विरुवा बितरण गरिएको हो ।

आँप र लिचिका बिरुवा वडा अध्यक्षको रोहबरमा बितरण गरिएको छ । कृषि बिकास कार्यालयको ८५ प्रतिशत अनुदानमा पाउदाँ आँपका बिरुवा प्रति बोट १५ रुपैयाँ र लिचिका बिरुवा प्रति बोट ३८ रुपैयाँ कृषकको लगानी रहेको कृषि नायब प्राबिधिक सहायक बिष्टको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार