खोलागाउँमा लगाएको धानबालीमा खपटे किराको प्रकोप

किराको प्रकोप राेक्न धानवालीमा विषादी राखिदै

खोलागाउँमा लगाएको धानबालीमा खपटे किराको प्रकोप

किराको प्रकोप राेक्न धानवालीमा विषादी राखिदै

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । चौरजहारी नगरपालिका वडा नम्वर ११ को खोलागाउँका बिभिन्न जिउलामा काँडेदार खपटे किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

किराले केहि दिनअघि रोपेको धानको बोटमा क्षेती पुर्याईरहेको छ । किराको प्रकोपका कारण धानको पातका टुप्पा सुकेको किसानको भनाई छ ।

धानबालीमा किराको प्रकोप देखिए पछि किसानले जिल्ला कृषि विकास कार्यालयमा प्रकोप नियन्त्रणको लागि  जानकारी गराएको कार्यालयका प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार खोलागाउँमा रहेको १ सय ५० हेक्टर क्षेत्रफल मध्य १५ हेक्टर क्षेत्रफलको धानमा क्षेती गरेको छ।

जिल्ला कृषि विकास कार्यालयले असार ३० गते देखि प्रकोप देखिएको ठाउँमा विषादी छर्कन सुरु गरेको छ । अहिले सम्म ९ हेक्टर क्षेत्रफलमा विषादी प्रयोग गरिएको र उक्त ठाउँमा किराको प्रकोप हटेको छ । अहिले पनि कृषि विकास कार्यालयले प्राविधिक खटाएर प्रकोप देखिएको ठाउँमा प्रत्यक्ष निगरानी गरिरहेको छ ।

चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा प्रकोप नियन्त्रणको काम भैरहेको छ ।

किराले धानको पातको टुप्पाबाट पातको हरितकण कोतरेर खादै पातको विचको नसाको समानान्तर दिशा तर्फ आगाडि बढ्दै जाने समस्या देखिने गरेको छ । किराको प्रकोबाट बच्नको लागि धानको ब्याडमा किराको अण्डा रहने भएकाले धान रोप्नु भन्दा पहिला टुप्पा काटेर रोप्न सकिने कृषि विकास कार्यालयको भनाई छ ।

यस्तै जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका अन्य ठाउँमा पनि काँडेदार खपटे किराको प्रकोप हुन सक्ने भएकाले त्यस्तो प्रकोप देखिएमा जानकारी दिन कृषिकहरुलाई अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार