मेरो माइक्रोफाइनान्सलाई कर्पोरेट बिजिनेज एक्किलेन्सि बाट सम्मानित

मेरो माइक्रोफाइनान्सलाई कर्पोरेट बिजिनेज एक्किलेन्सि बाट सम्मानित

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ‘कर्पोरेट बिजिनेस एक्सिलेन्सी अवार्ड–२०२२’ बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

संस्थाले कर्पोरेट सेक्टरबाट मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा संस्थाको उच्चस्तरीय कार्य सम्पादनका लागि यो अवार्ड प्रदान गरिएको जनाएको छ ।

कर्पोरेट खबर म्यागाजिन कर्पोरेट क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । कर्पोरेट समूहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति संलग्न रहेको संस्थाले जनाएको छ ।

संस्थाले ६४  जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई सेवा दिदै आएको छ ।

 

 

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार