कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ। दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो।

सडकमा गाडी थन्किएका छन्। लामो समयदेखि आफूहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए। ‘म बाजुराका लागि सामान लिएर जाँदै थिएँ। लाफा सडकखण्ड आइतबारदेखि बन्द छ’, उनले भने।

हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउँछन्। ‘हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्’, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने।

सडक खुलाउनका लागि पहल थाले पनि डोजर नहुँदा समस्या भएको  पचालझरना गाउँपालिकाका अध्यक्ष देवजंग शाहीले बताए। ‘सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौं, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ’, उनले भने।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार