पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवस्तरीय कर्मचारी ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका उपसचिवस्तरका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनलाई नक्सालको नागपोखरीस्थित आरन्य होटलको कम्पाउन्डबाट घुससहित नियन्त्रणमा लिइएको अख्तयारले जनाएको छ। नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो।

सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको भण्डारीले बताए। अहिले उनीमाथि थप अनुसन्धानको काम अघि बढाएको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार