साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना गर्न निर्देशन

साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना गर्न निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ।

बोर्डले आज एक सूचना जारी गर्दै एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक-फरक  भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा  असन्तुष्टि जनाएको हो।

बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार