विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

मुसिकोट ।  विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि रुकुम पश्चिमको एक विद्यालय दश दिनको  लागि बन्द गरिएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटामा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय बन्द गरिएको हो ।
विद्यालयमा अध्ययनरत केहि विद्यार्थीहरुमा कोराना पोजेटिभ देखिएपछि विद्यालयले एक सूचना निकालेर आजदेखि  साउन २८ गते सम्म विद्यालय बन्द रहने जनाएको छ।

बुधबार विद्यालयका २० जना बिद्यार्थीमा कोरोना परिक्षण गर्दा ७ जना बिद्यार्थीमा कोरोना पोजेटिभ देखिएको थियो । विद्यार्थीहरुमा कोरोनाको संक्रमणदर बढ्न सक्ने देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कृष्णा खड्का ओलीले बताउनुभयो ।

दिनहुँजसो विद्यालयमा बिरामी हुने विद्यार्थीहरुको संख्या बढ्नथालेपछि विद्यालयमै विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको प्रधानाध्यापक ओलीले जानकारी दिनुभयो।

दैनिक ५, ६ जना विद्यार्थीहरुमा बेहोस हुने, काँप्ने र ढल्ने जस्ता समस्या देखिएपछि त्रिवेणी गाउँपालिका अस्पताल खारानेटाबाट गएको स्वास्थ्यकर्मीहरुको टोलीले एन्टिजेन परिक्षण गरेको थियो । यस विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले बताउनु भयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार