एकैदिन थपिए एक हजार ९० कोरोना संक्रमित

एकैदिन थपिए एक हजार ९० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।

आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।

आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार