युवा जागरण माविको अध्यक्षमा भिमबहादुर खड्का चयन

युवा जागरण माविको अध्यक्षमा भिमबहादुर खड्का चयन

अध्यक्ष भिमबहादुर खड्का

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटामा रहेको युवा जागरण माद्यामिक विद्यालय झुल्नेटाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा भिमबहादुर खड्का चयन हुनुभएको छ ।

अभिभावकहरुको भेलाले खड्कालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यमा उदे ओली, टिकाराम ओली, रिश्मी ओली, सरी ओली र देवी ओली चयन हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य सरी ओलीको अध्यक्षता भएको उक्त भेलामा त्रिवेणी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष दिपेन्द्र कुमार ओलीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष वीरबहादुर ओली, त्रिवेणी ३ का पूर्वअध्यक्ष मोहन ओली लगायतको आतिथ्यता रहेको थियो ।

शिक्षक प्रेम बहादुर पुनको स्वागत मन्तव्य रहेको भेलाको सहजिकरण शिक्षक गणेश ओलीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार