भदौ ८ देखि समानुपातिक निर्वाचन प्रक्रिया

भदौ ८ देखि समानुपातिक निर्वाचन प्रक्रिया

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले दलहरूले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय निर्धारण गरेको छ ।

संविधान जारी भएपछि दोस्रो कार्यकालको प्रतिनिधिसभामा ११० र प्रदेशसभाका लागि २२० जना उम्मेदवारको टुंगो लाग्नेछ । दलले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनेछ ।

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनपत्र दर्ताका लागि भने असोज २३ को कार्यतालिका आयोगले स्वीकृत गरेको छ । आयोगले भदौ ८ मा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आह्वान गर्नेछ । भदौ १० देखि १२ गतेसम्म दलहरूले निवेदन पेस गर्नुपर्ने हुन्छ । उक्त निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको तालिका छ ।

त्यस्तै उम्मेदवारको बन्दसूचीको सूचना असोज २२ मा प्रकाशन गर्ने कार्यसूची छ । २३ असोजमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने आयोगको तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार