कांग्रेसको निर्वाचित केन्द्रित राष्ट्रव्यापी अभियान सर्‍यो

कांग्रेसको निर्वाचित केन्द्रित राष्ट्रव्यापी अभियान सर्‍यो

फाईल तस्बीर

नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । भदौ २ गतेदेखि  २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो ।

१० गतेदेखि सुरु भए पनि अभियान २४ गते नै सकिनेछ ।

भदौ महिनामै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले निर्वाचित केन्द्रित कार्यक्रमलाई छोट्याइएको हो ।

कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुँदैछ ।

यस्तै बैठकले चुनावका लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्दम्बेले जानकारी दिए।

यसैगरी निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको उनले जनाए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार