नेकपा एमाले एक्लै चुनाव लड्छ : प्रदिप ज्ञवाली

नेकपा एमाले एक्लै चुनाव लड्छ : प्रदिप ज्ञवाली

रुकुमकाेट । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी संघीय र प्रदेश निर्वाचनमा एमाले एक्लै लड्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुकुम पूर्वले रुकुमकाेटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले  नेकपा एमाले गठबन्धनको लौरो टेकेर चुनावमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले एक्लै चुनाव लड्छ, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छ ।’ एमाले एक्लै प्रतिश्पर्धामा जाने जानकारी गराउनुहँदै उहाँले तत्लो तहमा हुने सहकार्यको ढोका भने खुलै रहने बताउनुभयो ।

उहाँले आगामी संघीय र प्रदेश निर्वाचनमा राष्ट्रि«य हित र स्वभिमान सहित सन्तुलित परराष्ट सम्बन्ध, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक तथा आर्थिक रुपान्तरणको अभियान, अर्थतन्त्रको मजबुती र सुशासनको मुद्धा बोकेर एमाले चुनावमा जाने बताउनुभयो । विदेशीभूमीमा नेपालको आन्तरिक मामिलामा छलफल हुने गरेको बताउनुहुदै उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ण्डले भारतीय प्रतिनिधिको रोहवरमा सत्ता साझेदारीको मोडल बनाउने काम गरेको समाचार सुन्नु नेपालका सार्वभौमसत्ता र स्वतन्त्रतामाथीको चुनौति रहेको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारले संविधान र लोकतान्त्रिक प्रणालीमाथी आक्रमण गरेको जनाउँनु हुदै एमालेलाई विभाजन गर्ने प्रयोजनका लागि अध्यादेश ल्याएर फिर्ता गरेको बताउनुभयो । प्रधानन्याधीस माथी महाअभियोग लगाएर छानबिन नगर्ने तर आयु सकिने बेलामा सरकारले अगाडि बढाउने काम गरेको उहाँले जनाउनुभयो ।

एमाले सरकारमा हुँदा सुरु गरेको विकास र समृद्धिको अधुरो यात्रालाई पूर्णता दिन एमालेको सरकार जरुरत रहेको उहाँले जनाउनुभयो । मुलुकको अर्थतन्त्र कमजोर भएको जानकारी दिनुहुँदै एमाले नेता ज्ञवालीले संकटग्रष्त अर्थतन्त्रलाई सहि लाईनमा ल्याउने मुद्धाका साथ एमाले जनतामाझ जाने बताउनुभयो । बिचौलियाहरुले अर्थतन्त्र चलाउने काम गरेको बताउनुहुदै ज्ञवालीले त्यस्तो बेथिति रोक्न आवश्यक रहेको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार