इजरायलले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने

इजरायलले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने

इजरायल सरकारले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच सोमबार मन्त्रालयमा भएको भेटका क्रममा गोदेरले सोबारेमा जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार भेटका क्रममा उहाँहरूबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा राजदूत गोदेरले इजरायल सरकारले एक हजार नेपाली श्रमिक कृषि कामका लागि लैजाने विषयमा टुङ्गो लगाएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले यसअघि सहायक श्रमिकका लागि नौ हजार ६९९ जनाले निवेदन दिएकामा एक हजार १४७ जना श्रमिक छनोट भएकामध्ये आधा इजरायल गइसकेको र आधा जाने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली श्रमिकका लागि पुनः एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न मन्त्री कुँवरले आग्रह गर्नुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार