रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी

१६ लाख राजस्व संकलन

रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी

१६ लाख राजस्व संकलन

रुकुमकोट । रुकुम पूर्वबाट आर्थिक वर्ष २०७८/७९ मा ७० हजार किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ।

डिभिजन वन कार्यालय रुकुम पूर्वका अनुसार जिल्लामा विभिन्न २५ प्रजातिका ८१ हजार किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ७० हजार किलोको छुट पुर्जी काटिएको जनाइएको छ ।

 

डिभिजन वन कार्यालय रुकुम पूर्वका प्रमुख जितेन्द्र सिंह खड्काका अनुसार जडीबुटी निकासीबाट १६ लाख २३ हजार ९ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

रुकुम पूर्वमा सेतकचिनी, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, यार्सा, पावन बोक्रा, पाखनबेद, रिठ्ठा, टिमुर, चिराइतो, कुरिलो, कुट्की, सोमायो, तेजपात, पाँचऔँलेलगायत जडीबुटी पाइने गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा एक लाख किलोभन्दा बढी जडीबुटी सङ्कलन भएको थियो। यो वर्ष यार्सा अत्यन्त कम सङ्कलन भएको कार्यालयले जनाएको छ। अगाडिका वर्षहरूमा १७ किलोदेखि माथिको यार्सा सङ्कलन हुने गरेकोमा यस वर्ष पाँच किलोमात्र सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

यस्तै जिल्लामा जडीबुटी खेतीलाई पनि जोड दिइएको वन अधिकृत खड्काले जानकारी दिनुभयो । टिमुर र सेतकचिनीबाट जिल्लाका कृषकलाई जडीबुटी खेतीतर्फ जोड दिइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार