रेडक्रस रुकुम पूर्वको अधिवेशन सम्पन्न, सभापतिमा गौतम चयन

रेडक्रस रुकुम पूर्वको अधिवेशन सम्पन्न, सभापतिमा गौतम चयन

रुकुमकोट । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट सभापतिमा दामोदर गौतम सर्वसम्मत चयन हुनु भएको छ ।

शनिबार रुकुमकोटमा भएको प्रथम जिल्ला अधिवेशनले गौतमलाई अध्यक्षमा चयन गरेको हो । उपसभापतिमा टेकप्रसाद समाल र शिल्पा पौडेलाई चयन गरिएको जनाइएको छ ।

यसैगरी मन्त्रीमा लोकेन्द्रबहादुर बुढाथोकी, उपमन्त्रीमा भिमकान्त उपाध्याय, कोषाध्यक्षमा बामदेव गौतम र उपकोषाध्यक्षमा कमानसिङ खत्री चयन हुनुभएको हो । अधिवेशनबाट ७ पदाधिकारी सहित १७ जनाको कार्य समिति पनि निर्माण गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार