रुकुममा नक्कली परीक्षार्थी पक्राउ

रुकुममा नक्कली परीक्षार्थी पक्राउ

सांकेतिक तस्बिर

मुसिकोट । रुकुम पश्चिममा अर्काको नामबाट परीक्षा दिने एक बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमूना माविमा संचालन भइरहेको कक्षा १० को एसईईको ग्रेड बृद्धिको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी रुकुम पश्चिमका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १४ का १९ बर्षीय बिरेन्द्र मल्ल पक्राउ परेका हुन् ।

पक्राउ परेका मल्ललाई शिक्षा ऐन अन्र्तगत जिल्ला अदालतबाट म्याद थप गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार