शिक्षक महासंघ मुसिकोटको अध्यक्षमा यज्ञबहादुर खड्का

शिक्षक महासंघ मुसिकोटको अध्यक्षमा यज्ञबहादुर खड्का

अध्यक्ष यज्ञ बहादुर खड्का

मुसिकोट । नेपाल शिक्षक महासंघ मुसिकोट नगर समिति रुकुम पश्चिमको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको शिक्षक महासंघको अधिबेशनबाट अध्यक्षमा यज्ञ बहादुर खड्का चयन हुनुभएको छ ।

जसको सह-अध्यक्षमा टिकाराम बिष्ट , उपाध्यक्षमा शसीराम घर्ती, सचिवमा तिलक खड्का, सह-सचिवमा कृष्ण बहादुर ओली र सह सचिब जनजाति तर्फ सुनिता पुन चयन हुनुभएको छ ।

नगर समिति अध्यक्ष कमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिबेशन उद्घाटन सत्रको सञ्चालन सचिव लोक बहादुर सिंहले गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका सामाजिक बिकास समिति संयोजक एक्क बहादुर पाण्डे, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य संगम केसी, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष देबहादुर खड्का लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार