कांग्रेस रुकुम पश्चिमद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

कांग्रेस रुकुम पश्चिमद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको हो।

शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेश सभा उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको जिल्ला पार्टि सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिक तर्फ २ जनाको नाम सिफारिस गरिएको छ।

यस्तै दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट कांग्रेसले प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी १९ जनाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्व राज्य मन्त्री गोपालजी जंग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली र महाधिबेशन प्रतिनिधि यमबहादुर केसीको नाम सिफारिस गरिएको छ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ केन्द्रिय सदस्य मान बहादुर नेपाली, महिला संघको जिल्ला सभापति मनिषा रोकाय भण्डारीको नाम सिफारिस गरिएको सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला उपसभापति हर्कसिंह खत्री र पूर्व जिल्ला सदस्य टेकबहादुर बस्नेतको नाम सिफारिस गरिएको छ।

यस्तै समानुपातिक तर्फ पूर्व उपसभापति धिरेन्द्रकुमार बटाला र महाधिबेशन प्रतिनिधि बालकुमारी गिरीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख) तर्फ भने प्रत्यक्षतर्फ जिल्ला सभापति प्रेमप्रकाश ओली, महाधिबेशन प्रतिनिधि खड्ग बहादुर डाँगी, नेताहरु शिव आचार्य, देवबहादुर ओली, थलबहादुर खड्का र लालबहादुर ओलीलाई सिफारिस गरिएको जिल्ला सचिव भण्डारीले बताउनुभयो ।

समानुपातिक तर्फ तिलक भण्डारी, सीता ओली, मोहन प्रकाश आचार्य, देवी पुन, प्रविर ददेल, लोकेन्द्र केसी, दिपक बिएम र राजकुमार वादीलाई सिफारिस गरिएको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार