सिस्नेमा भैंसीलाई सुत्केरी भत्ता !

सिस्नेमा भैंसीलाई सुत्केरी भत्ता !

गोठमै पुगेर भैंसीपालक किसानलाई ‘सुत्केरी भैंसी भत्ता’ वितरण गर्दै पशु सेवा शाखा प्रमुख भिमबहादुर झाँक्रि ।

रुकुमकोट । झट्ट सुन्दा अनौठो लाग्न सक्छ। सुत्केरी भैंसीलाई भत्ता। यसमा अनौठो मान्नुपदैन। भैंसीको संरक्षण गर्न, कृषकलाई प्रोत्साहन होस् भनेर रुकुम पूर्वको सिस्ने गाउँपालिकाले भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता दिन सुरु गरेको छ।

सुत्केरी भएको अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी भैसी दुई हजार पाँच सय रुपैयाँका दरले गाउँपालिकाले भत्ता दिन सुरु गरेको हो।

गाउँपालिकाले चालु आर्थिक वर्ष देखि जिल्लामै पहिलो पटक ‘सुत्केरी भैंसी भत्ता’ वितरण सुरु गरेको जनाइएको छ ।

सुत्केरी भैसीलाई भत्ता उपलब्ध गराउने क्रममा गाउँपालिकाको वडा नम्बर ५ र ६ का २० वटा सुत्केरी भैसीलाई गोठमै पुगेर भैसीपालक किसानलाई भत्ता वितरण गरिएको पशु सेवा शाखा प्रमुख भिमबहादुर झाँक्रिले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले वडा नम्वर ५ र ६ को समन्वयमा सुत्केरी भैसीका लागि छुट्याईएको भत्ता रकम भैसीपालक किसानलाई उपलब्ध गराईएको छ । पहिलो चरणमा ५ नम्वर वडामा १७ र ६ नम्वर वडाका तीन वटा भैसीलाई भत्ता उपलब्ध गराईएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार एउटा सुत्केरी भैसीलाई दुई हजार पाँच सयका दरले भत्ता वितरण गरिएको झाँक्रिले जनाउनुभयो । आईतबार गाउँपालिकाको वडा नम्वर ३, ७ र ८ मा सुत्केरी भैसीको लागि भत्ता वितरण कार्यक्रम तय गरिएको छ । वडा नम्वर ३ मा एक, ७ मा ६ र ८ मा १० वटा भैसीलाई सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार